काठमाडौं– स्पेनिस ला लिगाको नयाँ सिजन शुरु भई सात चरणका खेलहरु सकिएका छन्। जारी सिजनमा आशा गरिएका केहि खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन्।
ला लिगाको चर्चाको मुख्य पात्रहरु मानिने क्रिष्टियानो रोनाल्डोले स्पेन छोडिसकेको अवस्था छ भने अर्का स्टार लियोनल मेस्सी चोटका कारण मैदानमा निरन्तर उत्रने सकेका छैनन्। त्यसको विकल्पका रुपमा हेरिएका एन्टोनियो ग्रिजम्यान, इडन हाजार्ड र जोआओ फेलिक्सले फुटबलप्रेमीको अपेक्षाअनुसार खेल्न सकेका छैनन्।
ग्रिजम्यान नयाँ सिजनमा एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका हुन भने हाजार्ड चेल्सीबाट रियल म्याड्रिड आएका हुन्। त्यस्तै अर्का स्टार फेलिक्स बेनफिकाबाट एथ्लेटिको मड्रिड आएका हुन्।
ग्रिजम्यान अफिसियल ८ खेलमा ७ सय ५ मिनेट मैदानमा छन्। जसमा उनले ३ गोल गरेका छन् भने दुई गोलका लागि अवसर मिलाएका छन्। त्यस्तै हाजार्ड अफिसियल ३ खेलमा १ सय ९७ मिनेट मैदानमा छन्। जसमा उनले गोल र असिस्ट गर्न सकेका छैनन्। त्यस्तै फेलिक्स अफिसियल ८ खेलमा १ सय ९७ मिनेट मैदानमा छन्। जसमा उनले २ गोले १ गोलका लागि अवसर बनाएका छन्।
क्लबले उनीहरुलाई महँगो रकम खर्च गरेर ल्याएपनि उनीहरुको खेल भने त्यहीअनुसार नभएको कतिपयको बुझाई छ। ला लिगालाई उत्साहित बनाउन उनीहरुले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न सकेका छैनन्। हुन त उनीहरुले धेरै खेलहरु खेल्न बाँकी नै छ, र पनि शुरुवातका खेलहरुले पनि उनीहरुका फ्यानलाई निराश बनाएको छ।