एजेन्सी– आफ्ना फ्यान र शुभचिन्तकहरुलाई लक्षित गर्दै बलिउडका चर्चित अभिनेता जोन अब्राहमले आफ्नो नयाँ सिनेमाको रिलिज मिति तोकेका छन्। उनले ट्वीष्ट गर्दै आगामी अक्टोबर २ मा सत्यमेव जयते २ रिलिज हुने घोषणा गरेका हुन्।
जसमा उनको जोडी दिव्या कुमार दोसाला बन्ने भएकी छिन्। सिनेमाको निर्देशन मिलाप जावरीले गर्नेछन्।सिनेमाका अन्य कलाकार भने तय हुन बाँकी रहेको छ।