काठमाडौं – नायक पल शाहको जति चलचित्रमा माग छ त त्यो भन्दा बढी अझै उनी म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन्। केही संञ्चार माध्यामहरुले उनलाई चलचित्र छोडेर म्यूजिक भिडियोमा व्यस्त रहेकाे भनेता पनि उनी चलचित्र र म्यूजिक भिडियो दुवैमा ब्यस्त रहेका छन् । म्यूजिक भिडियो बाटै कलाकारितामा प्रवेश गरेका उनी केही राम्रा म्यूजिक भिडियोको अफर आएमा उनी राम्रै पारिश्रमिक लिएर काम गर्न तयार हुन्छन्।
भर्खर मात्र उनले अभिनय गरेको गीत ‘मूलको पानी’ बजारमा आएको छ। बरिष्ट गीतकार तथा सङ्गीतकार राजकुमार वगरको शव्द सङ्गीतमा रहेको गीतमा कल्पना कुशुम र बालकृष्ण पाण्डेको स्वर,कमल सौरागको सङ्गीत संयोजन तथा पल शाह र समारिका कुँवरको अभिनय रहेको छ। गितको भिडियो निर्देशन विक्रम चौहानले गरेर छन्। कल्पना कुशुमको यूटुब च्यानल मार्फत आज बजारमा आएको हाे।
गित अहिलेका चल्तीकै गितको शैलीमा बनेको छ। गितको भिडियो सुटिङ्ग देखि पल शाह र समारिका केसीका केही रोमान्सका रमाईला तस्विरहरु पोष्ट हुन थालेकोले गित प्रति सबैको चासो बढ्न थालेको हो। आजबाट उक्त गीत प्रतिको दर्शकहरुको कौतुहलता मेटिने भएको छ।
हेर्नुहाेस् भिडियाे
https://www.youtube.com/watch?v=00IH8a5vMsU