काठमाडौं–एक्सन कमेडीको समिश्रण रहेको ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको मुख्य अभिनयमा सुशिल श्रेष्ठ र आमिर गौतम रहेका छन्।
जोनी सिंह रानाले निर्देशन गरेको फिल्म ‘बादशाह जुट’ उत्तम हुमागाईंको छायाँकन गरेका हुन्। फिल्ममा सुशीलले पत्रकार र आमिरले प्रहरीको भूमिकामा निर्वाह गरेका छन्।
फिल्मको अभिनयमा आमिर गौतम र सुशिल श्रेष्ठ बाहेक रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल रहेका छन्।
अभिषेक शशी कुमारको लेखन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको एक्सन रहेको फिल्ममा कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत रहेको छ। जोनीद्वारा निर्देशत फिल्म ‘बादशाह जुट’ कार्तिक १५ गतेबाट रिलिज हुदैँछ।
https://youtu.be/fCyNyF65ebw