एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेलेका छन्। म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा सोमबार राती भउको खेलमा दुई ठूला टोलीले १–१ गोलको बराबरी खेलेका हुन्। शुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड आफ्नै घरमा अंक बाँड्ड बाध्य भएको हो।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले आक्रमक प्रदर्शन गरेका थिए। पहिलो हाफको अन्यतिर घरेलु टाली युनाइटेडले खेलमा अग्रता बनाएको थियो। सो गोल ४५ औं मिनेटमा स्कट म्याकटोमिनले गरेका थिए।
रोमाञ्चक खेलको दोस्रो हाफ शुरु भएको केहि समयपछि नै आर्सनलले खेललाई बराबरी गोल फर्काएको थियो। उक्त ५८ औं मिनेटमा इमरिक औवामियाङले गरेका थिए। खेलमा दुबै पक्षका खेलाडीहरुले राम्रो अवसर पाएपनि त्यसको सदुपयोेग गर्न नसन्दा खेल बराबरीमा सकिएको थियो।
यस बराबरीसँगै आर्सनल ७ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा छ। समान खेलबाट युनाइटेड ९ अंक जोडेर १० औं स्थानमा छ। अपराजित लिभरपुल २१ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी १६ अंक जोडेर दोस्रो स्थानमा तथा लेस्टर सिटी १४ अंक जोडेर तेस्रो स्थानमा रहेका छन्।