काठमाडौं – लोकप्रिय गायक, सर्जक तथा मोडेल गोविन्द पौडेलकी जीवन सङ्गिनी बाइक दुर्घटनामा परेर घाइते भइन्। गायक पाैडेलले आफुलाई परेको साे चाेट सामाजिक सञ्जालमामार्फत व्यक्त गरे। साे क्रममा उनले लेखेका शब्दले धेरैकाे मन रूवायाे।
उनले लेखेका छन्,‘चाहे तिमी अन्धो होउ या अपाङ्ग होउ तर मेरो निम्ति यो संसारमा रह्यौ भने पुग्छ। म कत्ति पनि आँशु झार्दिन। संसारको सबै सामर्थ्य प्रयोग गरेर पनि तिमीलाई खुशी राख्ने छु। हिजो म सक्षम थिए,आज यो हालतमा भार भए कदापी नठान।’ साथै उनले थपेका छन् ‘तिम्रो दिलमा खोपिएको ट्याटु हैन म स्वयम् तिम्रो दिलमा छु।’ उनले आफ्नाे श्रीमती होसमा आएको दिनमै यो पोष्ट गरेका हुन्।
सधैं हँसिलो मोडमा देखिने र बेला–बेलामा फेसबुक लाईभमा रमाईलो तरिकाले शुभचिन्तकसँग कुराकानी गर्ने पाैडेलकाे श्रीमतीप्रतिकाे याे प्रेमले माया गर्नेहरूलाइ प्रेरणाा नै दियाे। भारतमा बसेर नेपाली गीत सङ्गीतमा एक पछि अर्को सफल गीत दिन सफल उनकी जीवन सङ्गिनी सेप्टेम्बर २२ तारिखमा भारतमा बाइक दुर्घटनामा परेकी थिइन्। उनले श्रीमतीलाई यो हालतमा दिएको हौसलाले उनका शुभचिन्तकलाइ भावुक बनायाे। वर्तमान परिवेशमा दुख पर्दा एक अर्काकाे साथ छाेड्ने परिपाटीमा उनकाे याे प्रेमले भने धेरैलाइ पाठ सिकाएकाे छ।
पौडेल नेपाली लोक तथा दोहोरी गीत एक सफल सर्जक, गायक र मोडेल हुन्। लोकदोहोरी क्षेत्रका चर्चित गायिका देवी घर्ती, पूर्णकला वि.सी., शान्तिश्री परियार र सन्ध्या बुढासँग स्वर दिएका उनका दर्जनौ गीत बजारमा चर्चाको शिखरमा छन्। करिश्मा ढकाल, सरिका केसी लगायत केही नायिकासँग उनले अभिनय गरेका गीतहरु पनि दर्शक श्रोताहरुका रोजाईमा परेका छन्।
केही समय अगाडि बजारमा आएको गीत ‘स्याउको बोटैमा’मा उनले गायिका देवी घर्तीसँग आवाज दिएका थिए। उनको साे गीतले राम्रै चर्चा पाएको थियाे। दशैं र तिहारलाई लक्षित गरेर बजारमा ल्याउने तयारी रहेको गीत ‘मृत्यूदण्ड’ यही दुर्घटनाका कारण दशैं पछाडि मात्र बजारमा आउने भएको छ। उक्त गीतमा बहुचर्चित गायिका बिष्णु माझी र उनै गायक पाैडेलको आवाज रहेकाे छ।