काठमाडौं–गायक सुगम पोखरेलको दशैं विषेश ‘शुभ दशैं’ बोलको गीत सार्वजनिक भएको छ। यो भन्दा अगाडि पनि उनले ‘दशैं’ बोलको गीत गायका थिए शो गीतले राम्रो चर्चा पाएको थियो।
सुगमले करिब ८ वर्ष पछि दशैंको अवशरमा उक्त गीत सार्वजनिक गरेका हुन्। यस गीतमा उनको छोरी एन्जेलीजा पनि देखिएकी छिन्।
सुगमको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन सन्नी सुनामको रहेको छ। सतिस श्रेष्ठ र बलराम बुडाथोकीले छायांकन गरेको उक्त गीत सतिश श्रेष्ठले सम्पादन तथा निर्देशन गरेका छन्।
https://youtu.be/NGGL126YZZo