काठमाडौं– सञ्जीव खरेलले ‘फूलको माला हरर’ बोलको गीत सार्वजनिक गरेका छन्। डि.पी खनालको शब्द रहेको शो गीतमा सञ्जीव खरेलको संगीत रहेको छ। गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्। दशैंतिहारमा गरिने विभिन्न क्रियाकलापहरुलाई गीतमा समेटेर उक्त गीत तयार गरिएको छ।
गीतमा चर्चित नायक कोशिश छेत्री, रश्मी भट्ट, अन्जु चौलागाई लगायतको मुख्य अभिनय रहेको छ। सुर्य लामाको छायांकन रहेको गीतमा फराज अर्पनले सम्पादन तथा निर्देशन गरेका छन्।
https://youtu.be/3XWLFqT_Sw0