काठमाडौं– मंगलबार अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त महाराजगन्ज भवनको उद्घाटन गरिएकोो छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सो भवनको उद्घाटन गरेका हुन्।
उनले सो समारोहमा नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
उनले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि जानकारी गराए। महानिरीक्षक खनालले अत्याधुनिक सो भवन निर्माणसँगै त्यसले प्रवाह गर्ने सेवा पनि आधुनिक हुनेपर्नेमा जोड दिए।
आज उद्घाटित उक्त भवनमा लिफ्टको पनि व्यवस्था गरिएको छ। लागत ११ करोड रहेको सो भवन डिएफआईडी नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको हो। महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको नवनिर्मित कार्यालय भवनहरुको पनि आज नै उद्घाटन गरिएको छ।