काठमाडौं — ‘छड्के’ बक्स अफिसमा ३ दिन आक्रामक कमाई गरेर चौथो दिनदेखि खराब वर्ड अफ माउथले कमजोर बनेको चलचित्र हो। निगम श्रेष्ठको निर्देशनमा बनेको यो चलचित्रले केही बर्ष अगाडि बम्पर ओपनिङ गरेको थियो। तर, बक्स अफिसमा खराब कथामा कारण यो चलचित्र राम्रो बन्न सकेन।
तर, अहिले यो चलचित्रको दोश्रो भाग बन्ने भएको छ। चलचित्र ‘छड्के’को दोस्रो भागलाई पनि निगम श्रेष्ठले नै निर्देशन गर्ने भएका छन्। श्रेष्ठले सामाजिक संजालमा पोष्टर सार्वजनिक गर्दै ‘छड्के २’ बन्न लागेको जानकारी गराएका हुन्।
अहिले चलचित्रको प्री–प्रोडक्शनको काम भैरहेको छ। चलचित्रको प्रदर्शन मिति तय गरिएको छ। यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी भईरहेको निर्माण टिमले जानकारी दिएको छ।
‘छड्के’मा सौगात मल्ल, नम्रता श्रेष्ठ, विपिन कार्की लगायतका कलाकारको मुख्य भूमिका थियो। तर, यसको सिरिजका लागि कलाकार फाइनल भने भैसकेका छैनन्। तिहारपछि चलचित्रको छायांकन सुरु गर्ने योजना निगमको छ।
‘छड्के’ बक्स अफिसमा असफल भएपनि यसको नाम भने ब्रान्ड नै बनेको थियो।