एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब टोटेनह्यामलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ। टोटेनह्यामलाई लज्जास्पद हार चखाउन म्युनिखका सर्जी जिनाब्रीले ह्याट्रिकसहित ४ गोल गरेका थिए। टोटेनह्याम हटस्परका लागि ह्युङ मिन सन र ह्यारी केनले १–१ गोल गरे।
टोटेनह्यामले खेलको १२ औं मिनेटमा नै गोल गर्दै अग्रता बनाएको थियो। ह्युङ मिन सनले उक्त गोल गरेका थिए। तर टोटेनह्यामको अग्रता धेरै बेर टिकेन। त्यसको ३ मिनेटपछि नै म्युनिखका जोसुवा किम्मिचले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। रोवर्ट लेवान्डोस्कीले ४५ औं मिनेटमा गोल गर्दा बायर्नले पहिलो हाफमा २–१ अग्रता बनाएको थियो।
आक्रमक खेलेको बार्यनका लागि ५३ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले खेलमा ४–१ को अन्तर बनायो। खेलको ६१ औं मिनेटमा टोटेनह्यामले पेनाल्टी गोलको मद्धतमा खेलमा फर्किने प्रयास गरेको थियो। सो गोल ह्यारी केनले गरे। ८३ औं मिनेटमा बार्यनका विनाब्रीले ह्याट्रिक गर्दा खेल ५–२ को स्थितिमा पुग्यो।
उनै विनाब्रीले ८७ औं मिनेटमा पुनः गोल गरेका थिए। त्यस्तै ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बार्यनले ७–२ को शनसनीपूर्ण जित निकाल्यो। जितसँगै समुह ‘बी’ मा बायर्न ६ अंक जोड्दै शीर्षस्थानमा भने टोटेनह्याम १ अंकसहित पुछारमा छ।