काठमाडौं– लाईभ दोहोरीबाट एका–एक चर्चामा आएकी चर्चित गायिका टिका सानु र मानसिङ् खड्काको दशैं गीत ‘दाजु बहिनी’ भर्खर मात्र बजारमा आएको छ। उक्त गीतमा मानसिङ खड्काकाे लय र टिका सानुको शब्द रहेको छ। गीतको भिडियो निर्देशन मानसिङ स्वयम्ले गरेका छन्।
म्यूजिक भिडियोमा मानसिङ खड्का, टिका सानु, धनमाया नेपाली, हुमा विक, विष्णु सनार लगायतका कलाकारहरुको अभिनय रहेको छ। उक्त गीतले परदेशीएका दाजुको बाटो हेर्दै बहिनीले फोनमा दशैं तिहार घर आँगनमा आईसक्यो कहिले आउने भन्दै विलौना गरिएको भाव प्रस्तुत गरेकाे छ।
गीतमा दाजुले केही दिनमा घर आउँछु भनेपछि बाटो कुरेर बसेकी बहिनी खुशी भएकी हुन्छिन्। तर गीतकाे भिडियाेमा अन्तिममा दाजुको लास काठको बाकसमा आएको दृष्यले बहिनी भावविह्वल भएकाे देखाइएकाे छ।
प्राय समाजका यथार्थ घटनालाई गीतमा चित्रण गर्ने मानसिङ् खड्का र टिका सानुकै ‘बुहारी २’ तिज गितले पनि १ हप्तासम्म नेपालको ट्रेन्डिङ् नम्बर १ मा रहेर राम्रै चर्चा पाएको थियो। लाईभ दोहोरीबाटै आफ्नो पहिचाहन बनाएका टिका र मानसिङ्ले पछिल्लो समय स्वर दिएका र अभिनय गरेका सबै गीत उत्तिकै सफल छन्।
https://youtu.be/E7kMZVxszDQ