एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा बेल्जियन क्लब ब्रगसँग बराबरी खेलेको छ। घरेलु मैदानमा भएको खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याएर रियालले अंक बाँडेको हो।
खेलको पहिलो हाफमा रियालल २–० गोलले पछि परेको थियो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै रियाल हारबाट जोगिएको हो। इमान्युल डेनिसले क्लब ब्रगका लागि दुवै गोले गरेका थिए। रियालका कप्तान सर्जियो रामोस र क्यासमिरोले बराबरी गोल गरेका थिए।
रियल खेलको ९ औं मिनेटमा पछि परेको थियो। डेनिसले ब्रागका लागि गोल गरेका थिए। त्यस्तै डेनिसले ३९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ब्राग पहिलो हाफमा २–० को बलियो स्थितिमा पुगेको थियो।
खेलको दोस्रो हाफमा आक्रमक बनेको रियालले उच्च प्रदर्शनसहित २ गोलगरेको थियो। ५५ औं मिनेटमा करिम बेन्जेमाको पासमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियाललाई खेलमा पुनरागमन गराएका थिए। त्यस्तै टोनी क्रुसको पासमा क्यासमिरोले हेडमार्फत उत्कृष्ट गोल गर्दा रियाल हारबाट जोगियो।