एजेन्सी– फिल्म ‘उजड़ा चमन’ को ट्रेलर सार्वजनिक भएको छ। ‘प्यार का पंचना’ र ‘सोनू के टीटू की स्वीटी’ फिल्ममा अभिनय गरिसकेका अभिनेता सनी सिंह फिल्म ‘उजड़ा चमन’ ठूलो पर्दामा देखिदैँ छन्। यस फिल्ममा सनी सिंह मुख्य अभिनयमा छन्।
फिल्ममा उनले शिक्षकको भूमिका निर्वाह गरेका छन्। उक्त फिल्ममा सनीको जोडीको रुपमा टी.भी एक्ट्रेस ऐश्वर्या सखुजा देखिदैँछिन्। उनको यो डेब्यू फिल्म हो।
ऐश्वर्या ‘सास बिना ससुराल’ र ‘नच बलिए’ सिरिजका कलाकार हुन्। निर्माता अभिषेक पाठकले फिल्मको निर्देशन गरेका छन्। उनले पहिलो पटक यहीँ फिल्मको निर्देशन गरेका हुन्। फिल्ममा दर्शकहरुले दमदार कमेडी हेर्न पाउँनेछन्। फिल्म ८ नोबेम्बरबाट रिलिज हुदैँछ।
https://youtu.be/ls7RHTnCuiY