काठमाडौं–विपिनको फिल्म ‘जात्रै जात्रा’ले अष्ट्रेलियामा धमाकेदार व्यापार गरेको थियो। शो फिल्मले विपिनको करियरलाई पनि उच्च स्थानमा पुर्यायो। हाल उनले अभिनय गरिरहेको फिल्म ‘सेल्फी किङ्ग’लाई भने छायांकनको क्रममा नै विदेशबाट माग आइरहेको छ।
त्यस्तै फिल्म ‘प्रसाद’ निर्माण टिमको फिल्म भएकाले पनि शो फिल्मको माग बढेको हो। फिल्म ‘सेल्फी किङ्ग’लाई प्रदशन गर्न अष्ट्रेलियाको गोर्खे इन्टरटेन्मेन्टले किनेको निर्माता सुभाष थापा बताउँछन्। निर्माता थापाको अनुसार यसको लागी २५ लाख रुपैयाँ सम्झौता भएको छ।
उनले भने युरोप, अमेरिका, जापान, कोरिया, साउदी अबर, दुबई, हङकंङ, मलेसिया लगायतका देशबाट पनि फिल्म प्रर्दशन अधिकार किन्नको लागी प्रस्ताव आइरहेको छ। फिल्म सेल्फी किङ्ग’ कमेडी कथामा आधारित रहेको छ। दिनेश राउत र सुभाष थापाले निर्माण गर्ने फिल्म बिशाल सापकोटाले निर्देशन गर्दैछन्।
फिल्मको अभिनयमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल रहेका छन्। राजेश बिसुराल र प्रवल कोइराला फिल्मको सह–निर्माताका रुपमा छन्।