झापा– साहित्यकारद्वय कृष्ण धरावासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापना गरिएको ‘आमा सम्मान’ बाट विर्तामोड नगरपालिका–२ चारपानेकी मायादेवी रिजाल सम्मानित भएकी छिन्।
अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष दशैँको अष्टमीका दिन सो सम्मान प्रदान गर्दै आएको छ। उनलाई नगद रु ११ हजार र सम्मान पत्रले यही असोज १९ गते अष्टमीका दिन सम्मान गरिने प्रतिष्ठानका सचिव केशव मैनालीले जानकारी दिएका छन्।
छोरी र छोराप्रतिको गहन जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेका एकल आमाहरुलाई विगत आठ वर्षदेखि प्रतिष्ठानले सम्मान गर्दै आएको सचिव मैनालीले बताएका छन्। सो सम्मानबाट यसअघि आठ महिला सम्मानित भइसकेका छन्।
रासस