काठमाडौं – बरिष्ठ लोक तथा दोहारी गायक भगवान भण्डारीले ‘फुलमाया’ गीत बजारमा ल्याएका छन्। समाजमा रहेका मौलिकतालाई झल्काउने शैलीमा तयार गरिएको उक्त गीतको शब्द सङ्गीत भगवान भण्डारीले गरेका छन्। स्वर भगवान भण्डारी र ज्ञानु परियारको रहेको छ।
गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन्, म्यूजिक भिडियोमा रिना थापा र अनिल थापाको नृत्य देख्न सकिन्छ। गीतमा गाउँ घरमा जब कुनै युवायुवती बिचमा माया प्रेम बस्छ, तब घर परिवार वा समाजको कारणले एक अर्कामा छुटिनु पर्छ कि भन्ने डरलाई प्रस्तुत गरिएको छ।
समाजमा यस्ता धेरै घटनाहरु छन् जसमा कुनै केटीले आफुले मन पराएको केटासँग बिवाह गर्छु भन्दा परिवारले आफ्नो दवावमा अन्तै बिहे गरिदिने चलन अहिले पनि विद्यमान छ। ‘डाँडा गाउँको फुलमाया साह्रै मन पर्छ, अन्तै बिहे हुन्छकि यही मलाई डर छ।’ गीतको थेगोलाई निकै यही रुचाईएको छ।
लामो समय देखि अमेरिकामा बस्दै आएका भण्डारीका ‘खैरेनीमा गेट, विग्रीयो चाल पनि, फुलमा भमरा, बनमा काँडा छ, चैतमासको हुरीले डाली लर्कायो, गयौ धोका दिएर, दिलको ढोका बन, तिर्सना’ जस्ता १ दर्जन भन्दा धेरै गीत सुपरहिट छन्। भने ‘खैरेनीमा गेट’ लोक तथा दोहोरी गीतमा एउटा कालजयी रचना हो।
प्राय बरिष्ठ लोक गायिका बिमाकुमारी दरा को आवाजमा धेरै गीत बजारमा ल्याउने भण्डारीले यसपाली नव गायिका ज्ञानु परियारलाई मौका दिएका छन्। तर यसपाली पनि उनले विमाकुमारी दुरालाई छुटाएका छैनन् दुईवटा गीतमा गायिका दुराकै आवाजमा उनले गीत रेर्कड गराईसकेका छन्।
हेर्नुहाेस् भिडियाे
https://www.youtube.com/watch?v=sStajAd0A70