काठमाडौं– अन्तर्रा्ष्ट्रिय माउन्टेन फिल्म फेस्टिवल (किम्फ) को १७ औं संस्करणमा ६९ देशका ४२३ फिल्म प्रदर्शन हुने भएको छ। हिमाल एसोसियसनको आयोजनामा राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको अडिटोरियम हलमा २५ मङ्ंसिरदेखि पाँच दिने महोत्सव शुरु हुने किम्फका अध्यक्ष बसन्त थापाले जानकारी दिए।
उक्त कार्यक्रममा १७ चलचित्रहरू प्रतिस्पर्धी सेक्सनमा हुनेछन् । महोत्सवमा पहिलो हुने फिल्मले २ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रोले १ लाख रुपैयाँ पाउने छ। यस बर्षको नारा ‘सीमान्तबाट आवाज’ भन्ने छ।
विषेषत युवा तथा नेपाली फिल्म निर्माताहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘परिवर्तन नेपाल’ भन्ने बिषयमा छोटो फिल्म प्रतियोगिता पनि आयोजना हुने थापाले बताए । निर्णायक मण्डलमा पोल्याण्ड, कोरिया र नेपालका चलचित्रकर्मी रहनेछन् ।