काठमाडौँ, १० माघ –वरिष्ठ साहित्यकार प्रा. मोहनराज शर्माको बिहिबार ८१ वर्षको उमेरमा निधन भएको छ।मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा निधन भएको हो।
शर्माको पार्थिव शरीर पशुपतिको शवदाह गृहमा राखिएको र अन्त्येष्टि शनिबार गरिने पारिवारिक स्राेतले जनाएको छ।
मदन पुरस्कार विजेता शर्माको ‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना, नेपालका केही आधुनिक साहित्यकार, कथाको विकास प्रक्रिया, जेमन्त र यमा, ‘वैकुण्ठ एक्सप्रेस’ नाटक, ‘कोर्रा’ कथासङ्ग्रह, च्याँखेधर्ना हास्यव्यङ्ग्य (निबन्ध सङ्ग्रह), ‘शैली विज्ञान’,रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’ लगायतका कृतिहरु प्रकाशित छन्।