काठमाडौं - तोकीएको समयमा उडान नभर्दा नबिल बैंकका सिईओ अनिल केशरी शाहले बुद्ध एयरप्रती आक्रोश व्यक्त गरेका छन्।
भैरहवा जान १२ः५५ का लागि तोकीएको उडान २ः५५ सम्म पनि नभएपछि उनले आफ्नो टिकटको फोटो हाल्दै फेसबुकमा स्ट्याटस लेखेर असन्तुष्टि जाहेर गरेका छन्।
केशरीले लेखेका छन्, ‘१२ः५५ बुद्ध एयरको समय, २ः५५ नेपाली मानक समय ! बुद्ध एयर कहिले तपाईले यात्रीको समयको मुल्यको कदर गर्न थाल्नुहुनेछ? यदि तपाईसँग समयमा उडानहरु प्रवन्ध गर्न प्रयाप्त विमान छैन् भने कृपया उडान संख्याहरु घटाउनुहोस। १८ मिनेट उडानको लागि दुई घण्टाभन्दा बढी ढिला ! यती एयरले धेरैवटा उडानहरू हाम्रो गन्तव्यमा उडाए जतिखेर हामीले धैर्यसाथ ध्यान गरिरहेका थियौं, बुद्ध एयरले सिकाए जस्तो गरी।’
यद्धपी शाहले आफ्नो उक्त स्ट्याटस केहिबेरमा नै हटाएका छन्।
नबिल बैंकका सिईओ शाहको फेसबुक पेज हेर्न यहाँ क्लिक गर्नुहोस