एजेन्सी– बलिउड स्टार रितिक रोशन र टाइगर श्रफको फिल्म ‘वार’ रिलीज भएको मात्र पाँच दिनमा १०० करोड क्लबमा सामेल भएको छ।
वार २ अक्टुबरमा रिलीज भएको थियो। रिलीजको तेस्रो दिनमै यो फिल्मले सय करोड कमाइ गरेको थियो। बक्स अफिसका अनुसार वारले शनिबार मात्र २७ देखि २८ करोडको कारोबार गरेको छ।
यश राज फिल्म्सद्वारा निर्मित वार एकै साथ चार हजार स्क्रीनमा रिलीज भएको थियो। यो फिल्म छिटै २ सय करोड क्लबमा प्रवेश गर्ने अनुमान गरिएको छ।