एजेन्सी– सैफ अली खान स्टारर फिल्म ‘लाल कप्तान’ को नयाँ पोस्टर रिलीज भएको छ। दशैंको एक दिन अगाडि रिलीज भएको सो पोस्टर दशानन अवतारबाट प्रेरित भएको देखिन्छ। नागा साधुँको रोलमा सैफको दस टाउकोवाला पोस्टर आएको छ।
फिल्मका निर्देशक नवदीप सिंहले यो रोलको बारेमा एक इंटरव्यूमा भने, ‘सैफलाई यो भुमिकाको लागि मनाउन गाह्रो थिएन। पहिलो पटक कहानी सुन्दै थाहा पाए कि यो रोल वेस्टर्न छ त्यसैले उनि एक्साइटेड भए। उनलाई वेस्टर्न मन पर्छ र १८ वर्षको उमेर देखिनै यस्तो रोल गर्नलाइ इच्छा थियो, (गल्लीमा भाग्दै गरेका मान्छे र लास घिसार्दै गरेको।)
उनले भने, ‘यो प्रोजेक्टमा आफनो आइडियाको अनुसार पैसा खर्च गर्ने प्रोड्यूसर र आफुलाई संवेदनशील स्थीतिमा लानलाई तैयार हुने एक्टर्स पाईन्न भन्ने कुराको मलाई चिन्ता थियो। तर सैफले क्यारेक्टरको डिमांड अनुसार आफुँलाई यस स्थीतिमा लगेर शानदार भुमिका निभाए।’
लाल कप्तान १८ औँ सताब्दीको ब्याकग्राउंडमा बनेको नियो–वेस्टर्न फिल्म हो। यो फिल्ममा सैफ अली खानले नागा साधू को रोल निर्वाह गरेका छन्। यो फिल्म १८ अक्टूबरमा रिलीज हुन्छ।