एजेन्सी– जापानमा आएको शक्तिशाली आँधीमा परी १८ जना मानिसले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा जापानका कानागवा, तोचिगी, गुन्मा, इवाते, मियागी, फुकुशिमा, चिवा र साइतामा प्रिफेक्चर क्षेत्रका मानिसहरु रहेका छन्।
हगिविस नामक सो आँधी दशकौं यताको सबैभन्दा शक्तिशाली आँधी हो। जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेका अनुसार उक्त आँधीमा १३ जना मानिस बेपत्ता भएका छन्। त्यस्तै १ सय ५० जना मानिस घाइते भएका छन्।
शनिबार रातको समयमा जापान प्रवेश गरेका हगिविस समुन्द्री आँधीका कारण जापानको केहि भागको जनजीवन अस्तव्यस्त बनेको थियो। जापानको धेरै भागमा विजुली तथा संचारविच्छेद भएकाले अझै आँधीको कुल हताहतीको विवरण अझै प्राप्त हुन नसकेको बताइएको छ।
आँधीमा बेपत्ता भएकोको खोजी तथा प्रभावितहरुलाई सहयोग गर्ने कार्य भइरहेको एनएचकेले जनाएको छ।