एजेन्सी– बलिउड नायिका दिशा पटानीको सुन्दरताको चर्चा खुबै हुने गरेको छ। दिशा उनको पछिल्लो रिलिज ‘चलचित्र भारत’को सफलताले पनि उत्साहित छिन्।
तर, यो चलचित्रमा उनको भूमिका धेरै काटिएको भन्ने चर्चा पनि चलेको छ। दिशा नयाँ चलचित्र ‘मलंग’का लागि पक्का भैसकेकी छिन्। भारतीय मिडियाका अनुसार, दिशाले निर्मात्री एकता कपुरको चलचित्रमा काम गर्ने पनि पक्का भएको छ।
एकताले निर्माण गरेको चलचित्र ‘ड्रिम गल’ बक्स अफिसमा हिट भएको थियो। एकता, विशेष गरि महिला केन्द्रित चलचित्र बनाउन पनि माहिर मानिन्छिन्। उनै, एकताले बनाउन लागेको कमेडी चलचित्रमा दिशा मुख्य नायिकाको रुपमा फाइनल भईसकेकी छिन्।