एजेन्सी– विश्व सुन्दरी तथा बलिउडकी चर्चित नायिका प्रियंका चोपडा अहिले पुन बलिउडमा फर्किएकी छिन्। हलिउडमा लामो समय खर्चेकी प्रियंकाले अभिनय गरेको चलचित्र ‘दि स्काई इज पिंक’ शुक्रबारदेखि हलमा लागिरहेको छ। तर, चलचित्रको व्यापार अपेक्षित छैन।
फरहान अख्तर, प्रियंका चोपडा अभिनित यो चलचित्रले २ दिनमा करिब साढे ६ करोडको कमाई गरेको छ। शुक्रबार २.५० करोडको ओपनिङ गरेको चलचित्रले शनिबार ४ करोडको व्यापार गरेको छ।
चेपडाको पछिल्लो चलचित्र ‘गंगाजल’ सन् २०१६ मा रिलिज भएको थियो। यो चलचित्र बक्स अफिसमा असफल भएको थियो। लामो समय बलिउडकी १ नम्बर नायिका करिब ३ बर्षपछि बलिउड चलचित्रमा फर्कदा पनि दर्शकले प्रियंकालाई पर्दामा हेर्ने मन गरेका छैनन्।
चलचित्रले समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ। वर्ड अफ माउथका कारण चलचित्रको व्यापार बढ्ने अपेक्षा गरिएको छ। बक्स अफिसमा चलचित्र ‘वार’ दोश्रो हप्तामा पनि चम्किएको छ। दोश्रो हप्ताको शुक्रबार ७ करोड कमाई गर्दै ‘वार’ले १० दिनमा २४५ करोडको कमाई गरेको छ। चलचित्रले ३ सय करोडको आँकडा छुने अपेक्षा बलिउड पण्डितहरुको छ।