काठमाडाैँ, १० माघ – गायिका पूर्णकला बिसीको नयाँ गीत सार्वजनिक भएको छ। नेपालीहरुको जनजीवनमा घटेकै विषयबस्तु टिपेर तयार गरिने लोकदोहोरी अत्यन्तै लोकप्रिय बिधा पनि हो।
एक दिनमै कैयौं गीतहरू म्युजिक भिडियोहरु सार्बजनिक भइहने लोकसंगीतकाे बजारमा भर्खरैमात्र आरती मिडियाको प्रस्तुतिमा युदिन न्यौपानेको जोगी बाेलकाे नयाँ गीत सार्वजनिक भएको छ।
विगत लामो समयदेखि लोकसंगीतमा आबद्ध रहेका लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनु र पूर्णकला बिसीको आवाजमा रहेको गीतमा भाका गायक स्वयं सोनुले बनाएका छ्न भने कृष्णा आचार्य रोशनी को शब्द सिर्जना रहेको छ। प्रेमकै निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा गोबिन्द बिष्टको छायांकन र सम्पादन रहेको छ। म्युजिक भिडियोमा युदिन न्यौपाने, सोना केसी र अर्जुन कँडेलको अभिनय देख्न पाइन्छ।