एजेन्सी– मेस्सी र रोनाल्डोसँग तुलनात्मक रुपमा नाम जोडिने फुटबल स्टार हुन् नेयमार। २७ वर्षीय ब्राजिलियनले विश्वभर थुप्रै फ्यानहरु कमाएका छन्। उत्कृष्ट खेल कौशलका कारण नाम कमाएका उनै स्टार पटकपटक घाइते हुने गरेका छन्। जसको कारण उनले यसअघि पनि धेरै खेल गुमाइसकेका छन्।
नेयमार अहिले फेरि घाइते भएका छन्। नाइजेरियाविरुद्ध आइतबार भएको मैत्रीपूर्ण खेलका दौरान शरीरमा समस्या आएपछि उनी मैदान बाहिर गएका थिए। १२ औं मिनेटमा नै मैदान छोडेका उनले क्लबको खेल गुमाउने खतरा बढेको छ।
फ्रेन्च क्लब पिएसजीबाट खेल्दै आएका नेयमारले च्याम्पियन्स लिगमा क्लब ब्रुग्सविरुद्धको खेल नखेल्ने सम्भावना रहेको बताइएको छ।
नेयमार तिघ्राको समस्याले मैदान बाहिर निस्किएको बताइएको छ। अरुको तुलनामा थोरै खेल खेलेपनि धेरै चर्चा पाएका नेयमारको घाइते अवस्थाले उनलाई फ्यानहरुलाई भने दुखित तुल्याएको छ।