एजेन्सी– युरोकप छनोट खेलमा बेल्जियमले अपराजित यात्रा कायमै रमखेको छ। आइतबार राति भएको खेलमा काजाकास्तानविरुद्ध २–० को जित निकालेको बेल्जियमका लागि मिचे बात्सुयाई र थोमस म्युनियरले गोल गरेका थिए।
बेल्जियमले खेलको ३५औं मिनेटमा बात्सुयाईको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थिया। त्यस्तै ५३ औं मिनेटमा म्युनियरले गोल गर्दै बेल्जियमलाइ २–० ले जिताए। जितसँगै बेल्जियम समूह ‘आई’ मा ८ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित काजाकास्तान ७ अंकसहित चौथो स्थानमा छ।
छनोटमा ८ खेलमा एक खेल नहारेको बेल्जियमले युरोकपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ। यसअछि नै युरोकपमा स्थान बनाइसकेको बेल्जियमले फिफा विश्वकप २०१८ मा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो।
छनोट खेलमा गरेको प्रदर्शनले भने बेल्जियमको मनोबल उच्च भएको छ। युरोकप अर्काे वर्ष पोर्चुगलमा आयोजना हुनेछ।