एजेन्सी– युरोकप छनोटमा रुस साइप्रसविरुद्ध विजयी भएको छ। आइतबार राति भएको खेलमा रुसले साइप्रसलाई ५–० को फराकिलो अन्तरले हराएको हो।
१० खेलाडीमा सिमित भएको साईप्रसविरुद्ध रुसका डेनिस चेरेसेभले दुई तथा मागोमेड ओजदोइभ, अर्टिम ज्युभा र एलेकसन्दार गोलोभिनले समान १–१ गोल गरेका थिए। खेलको ९ औं मिनेटमा नै डेनिस चेरसेभको गोलमा रुसले शुरुवाती अग्रता बनाएको थियो। त्यस्तै २२ औं मिनेटमा मागोमेड ओजदोइभको गोल गर्दा रुसको अग्रता दोब्बर भएको थियो।
त्यसैगरी अर्टिम ज्युभाले ७९औं मिनेटमा, एलेक्सन्दार गोलोभिनले ८९औं मिनेटमा र चेरसेभले इन्ज्युरी समयमा गोल गर्दा रुस प्रभावशाली जित निकाल्न सफल भयो।
जितसँगै समुह आईमा ८ खेलबाट २१ अंक जोडेको रुस युरोकपमा छनोट हुने तेस्रो टाेली बनेको छ। बेल्जियम र इटालीले भने यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेका छन्।