काठमाडौं– नेपाली कथानक चलचित्र ‘सरौतो’ कात्तिक २२ गतेबाट रिलिज हुँदैछ। यो चलचित्रमा नव–नायिका सुमी मोक्तान मुख्य भूमिकामा रहेकी छन्। चलचित्रको एक गीत र टिजर भर्खर मात्र सार्वजनिक भैसकेको छ। बदलाको कथामा बनेको यो चलचित्रमा सुमीलाई एक्सन अवतारमा देख्न सकिन्छ।
चलचित्रमा सुमी बोल्न सक्दिनन्। यसका लागि उनले काठमाण्डौ बहिरा संघमा समेत गएर समय विताएकी छन्। उनै, सुमीले आफ्नो जन्मदिन मनाउन पनि बहिरा संघलाई नै रोजेकी छन्। उनले, बहिरा संघमा पुगेर जन्मदिन मनाउन पाउँदा निकै ठूलो प्रेरणा समेत मिलेको जसले गर्दा आफु खुशी रहेको बताईन्।
सुमीले चलचित्रका लागि काम गर्नु अगाडि बहिरा संघमा केही समय बिताएपनि यसपछि भने यहाँ नपुगेको बताइन्। अहिले पुगेर समय बिताउन पाउँदा खुशी लागेको उनको तर्क थियो। चलचित्रका लागि सुमीले एक्सनमा समेत मिहिनेत गरेकी छिन्। हरि हुमागाँइले यो चलचित्रको निर्देशन गरेका हुन्।
चलचित्रमा सुमीको अलवा सन्नी सिंह , लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतका कलाकारहरुको अभिनय रहेको छ।