एजेन्सी– युरोकप छनोटमा खेलमा पोल्याण्डले नर्थ मासिडोनियालाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा फ्रान्कोवस्की र एर्काडियु मिलिकको गोलमा पोल्याण्ड २–० ले विजयी भएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पोल्याण्डले दुबै गोल दोस्रो हाफमा गरेको हो। खेलमा पोल्याण्डले गोल गर्न ७४ मिनेट कुर्नुपरेको थियो। ७४ औं फ्रान्कोवस्कीले कप्तान रोवर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अगाडि बढाएका थिए। त्यस्तै लेवान्डोस्कीकै पासमा ८० औं मिनेटमा एर्का्डियस मिलिकले गोल गर्दै पोल्याण्डलाई २–० को जित दिलाए।
जितसँगै पोल्याण्डले युरोकपमा स्थान पक्का गरेको छ। अर्को बर्ष पोर्चुगलमा हुने युरोकपमा यसअघि नै बेल्जियम, इटाली र रुस छनोट भइसकेका छन्। दुई खेल अगावै पोल्याढडले पोर्चुगलको टिकट पक्का गरेको हो।
जितसँग पोल्यान्डले समूह ‘एच’ मा ८ खेलबाट १९ अंक जोडेको छ। त्यस्तै अष्ट्रिया समान खेलबाट १६ अंक जोड्दै दोस्रो स्थान छ। पराजित नर्थ म्यासेडोनिया ११ अंकसहति तेस्रो स्थानमा रहेको छ।