एजेन्सी– १५ वर्षकै उमेरमा कोको गाउफले डब्लुटीए टेनिसको उपाधि जितेकी छिन्। अमेरिकाकी गाउफले कम उमेरमा डब्लुटीए टेनिस उपाधि जित्ने खेलाडी बनेर इतिहास रचेकी छिन्।
गाउफले अस्ट्रियाको लिन्ज ओपन टेनिस जितेकी हुन्। आइतबार राति भएको फाइनल खेलमा लात्भियाकी जेलेना ओस्टापेन्कोलाई ६–३, १–६, ६–२ को सेटमा पराजित गरिन्। ओस्टापेन्को सन् २०१७ को फ्रेन्च ओपन विजेता खेलाडी हुन्।
पहिलो पटक डब्लुटीए उपाधि जितेकी गाउफले जितपछि आफ्ना लागि यो साता अतुलनीय भएको प्रतिक्रिया दिएकी छिन्। आफूले उक्त क्षण बिर्सन नसक्ने बताउँदै उनले भविष्यमा अझ राम्रो खेल्ने प्रतिज्ञा गरिन्।