एजेन्सी– ‘क्लब वल्र्ड ¥याङ्किङ डटकम’ ले क्लबको नयाँ वरियता सार्वजानिक गरेको छ। सो वरियतामा स्पेनिस क्लब बार्सिलोना शीर्षस्थानमा पर्न सफल भएको छ।
गत सिजन ला लिगाको उपाधि उचालेको बार्सिलोना च्याम्पियन्स लिगको सेमिफानलसम्म पुगेको थियो। उक्त ¥याङ्किङमा लिभरपुल दोस्रो स्थानमा छ। च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुल इङ्लिस प्रिमियर लिगको उपविजेता बनेको थियो।
अर्जेन्टिनाको क्लब रिभर प्लेट तेस्रो स्थानमा बस्न सफल भएको छ भने इङ्लिस च्याम्पियन्स म्यानचेस्टर सिटी तल झर्दै चौथो स्थानमा आइपुगेको छ। पाँचौ स्थानमा स्पेनको भ्यालेन्सिया रहँदा रियल म्याड्रिड छैटौँ स्थानमा छ।
त्यस्तै सातौँमा बोका जुनियर्स र आठौं स्थानमा एथ्लेटिको पारानेन्सा छ। युभेन्टस १९ औँ स्थानमा छ।