काठमाडौं– एक्सन नायक विराज भट्टले निर्देशन गरेको ‘साङ्लो’ छठको अवसर पारेर कार्तिक १५ गते रिलिज हुने घोषणा गरिएको भएतापनि अब फागुन ९ गते रिलिज हुने भएको छ।
शनिबार फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको नयाँ रिलिज मिति सार्वजनिक गरिएको हो। यसै सिनेमाबाट मिस नेपाल २०१७ निकिता चण्डकले नेपाली रजतपटमा डेब्यू गर्दै्छिन्।
सिनेमामा विराज भट्ट तथा निकिताका अलावा प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारहरुको अभिनय रहनेछ। सिनेमालाई सुदुरपश्चिमको रमणीय ठाउँमा फिल्माङ्कन गरिएको छ।
विराज फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्मित सिनेमामा तेज बहादु खड्काको लगानी रहेको छ। शिवम् अधिकारीले पटकथा र संवाद लेखेको सिनेमामा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन्।