काठमाडौँ, १० माघ – गायक तथा संगीतकार कन्काइष्ट राईको ‘अरुकै सिन्दुरले सजिए पनि’ गीत अहिले चर्चामा छ।
‘नशा’ एल्बमको शीर्ष गीतका रुपमा समावेश ‘अरुकै सिन्दुरले सजिए पनि’मा युवाको प्रेमकथा कोरिएको छ। म्यूजिक भिडियोमा नायिका बर्षा शिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराईले अभिनय गरेका छन्।
गीतमा गीतकार नरेन्द्र खनालको शब्द रचना तथा कन्काइष्ट राईको स्वर तथा संगीत छ। सञ्चारकर्मी निकेश खड्काको निर्देशन रहेको भिडियोको छायाङ्कन बुद्ध थापाले गरेका हुन्।
https://www.youtube.com/watch?v=5GtVXEJoq6U