एजेन्सी– आगामी वर्ष पोर्चुगलमा हुने युरोकपको लागि छनोटका खेलहरु भइरहेका छन्। केहि देशहरुले युरोकपमा स्थान पनि पक्का गरिसकेका छन्।
सोमबार बेलुका युरोकप छनोटमा ठूला देशहरु पनि प्रतिस्पर्धा गर्दैछन्। नेपाली सममयअनुसार राती १२ः३० बजे हुने खेलहरुमा फ्रान्स र टर्की भिड्दैछन्। समुहमा ७ खेलबाट समान १८ अंक जोडेका टर्की र फ्रान्सको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
त्यस्तै सोहि समयमा पोर्चुगलले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ। समुहमा ६ खेलबाट १६ अंक बटुलेको युक्रेन शीर्षस्थानमा छ। पोर्चुगल ५ खेलबाट ११ अंकको साथ दोस्रो स्थानमा छ। यी दुई देशबीचको खेल प्रतिस्पर्धात्मक हुने निश्चित छ।
त्यसैगरी अर्को खेलमा इङ्ल्याण्ड र बुल्गेरिया आमनेसामने हुँदैछन्। समुहको शीर्षस्थानमा रहेको इङ्ल्याण्ड पुछारमा रहेको बुल्गेरियाविरुद्ध हाबी हुने अनुमान गर्न सकिनछ। यो खेल पनि राती १२ः३० मा नै शुरु हुनेछ।
त्यस्तै अन्य खेलहरुमा माल्डोभा र अल्बानिया, आइसल्याण्ड र आन्डोरा, कोभासो र मोन्टेनेग्रो, लिथुनिया र सर्बिया एकअर्काविरुद्ध मैदान उत्रने तयारीमा छन्। सबै खेलहरु १२ः३० मा नै शुरु हुनेछन्।