काठमाडौं– तरकारीवालीको नामले भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ। युट्युवमार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन्।
भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ। मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा निकै आकर्षक दृश्यहरु छायाँङ्कन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन्।
लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, विकास चौधरीको संगीत रहेको छ। गीतमा विकास चौधरी र चन्दा घिसिङ्ले स्वर दिएका छन्।
कुसुम भाईरल भएपछि लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन्। तर उक्त फिल्मले भने उनलाई राम्रो चर्चा दिलाउन सकेन। यो म्युजिक भिडियोले आफुलाई राम्रो चर्चा दिलाउने उनले बताइन्।
https://www.youtube.com/watch?v=aOWHqdHKOS8