जनकपुर- जनकपुरमा आलाप संगीत विद्यालयद्वारा गायक रविराज सम्मानित भएका छन्। आलापले उनलाई पाग, दोसल्ला र मिथिलाको लोक वाजा ‘गुमकी’को प्रतिमा दिएर सम्मान गरेको हो।
मिनापका अध्यक्ष प्रमेश झा, पूर्व अध्यक्ष मदन ठाकुर, हास्य कलाकार रामनारायण ठाकुर र ललित कामतले रविराजलाई संयुक्त रुपमा सम्मान गरेका थिए। यसै अवसरमा लक्ष्य फ़िल्म प्रोडक्सनले आफ्नो नयाँ बन्ने फ़िल्ममा गीत गाउन समेत रविराजलाई आग्रह गरेको छ। लक्ष्य फ़िल्मका विकास साहले मायाको चिनो पनि प्रदान गरेका थिए।
सम्मान कार्यक्रममा युवा अगुवा सरोज मिश्र, सुशील कर्ण, स्मृति मिश्र, रिंकू मिश्र, प्रभाष जनक, कलाकार कृष्णा सिंहलगायत मिनाप र आलापका कलाकारहरुको उपस्थिति रहेको थीयो ।