काठमाडौं– बहुप्रतिभाशाली लोक सर्जक खेम सेन्चुरी र समधुर स्वरकी धनी गायिका सम्झना भण्डारीको लोकदोहोरी गीत ‘कपलु कोरेर’ भर्खर मात्र बजारमा आएको छ।
गीतको शब्द सङ्गीत खेमकै रहेको छ। थेगो स्वर्गीय तिर्थ बहादुर गन्दर्भको रहेको छ भने भिडियोमा विनोद भण्डारी र जुना गुरुङलाई देख्न सकिन्छ। साथै भिडियो निर्देशन पनि भण्डारी स्वयम्ले गरेका छन्। गीतमा भर्खर बिहे गरेका नवजोडीहरु घरको आर्थिक अवस्था कमजोर भएको कारण छुट्टिनु परेको अवस्थालाई मुख्य कथा बनाएर दर्शाईएको छ।
पछिल्लो समय दिनप्रतिदिन विदेशीनु पर्ने नेपाली यूवाहरुको बाध्यता जसका कारणले कतिको प्रेम सम्बन्ध टुट्ने र कतिको घरवार समेत विग्रीएको कथालाई समेत समेटिएको छ।
गीतको शब्द संङ्गीत,स्वर र अभिनय सबै शसक्त रहेको छ। गीतलाई छोटो समयमा निकै रुचाईएको छ। पृथ्वी ईन्टरटेन्मेन्टको अफिसियल यूटुब मार्फत भर्खर मात्र सार्वजानिक गरिएको हो।
https://www.youtube.com/watch?v=XOWCI4rNCOw