काठमाडौं– नायिका बेनिशा हमाल अहिले निर्माता रौनिक विक्रम कँडेलको प्रेममा छन् भन्ने खबरले चर्चा पाएको छ। रौनकसँगको प्रेमका कारण उनलाई फेरि एकपटक मिडियामा चर्चा त मिलिरहेको छ। चलचित्रको पर्दामा केही समयदेखि नदेखिएकी बेनिशाले नयाँ चलचित्र साइन त गरेकी छिन् तर त्यसको छायांकन सुरु हुन सकेको छैन।
पछिल्लो समय बेनिशा आफैले पनि कम चलचित्र गर्ने बताउँछिन्। उनै, बेनिशाको सामाजिक संजाल इन्स्टाग्राममा अहिले बोल्ड तस्वीर पोष्ट हुन थालेका छन्।
बेनिशाले हालै मात्र पोष्ट गरेका दुई तस्वीरमा उनी आकर्षक र बोल्ड देखिएकी छिन्। बेनिशा चलचित्रमा काम गरेपनि नगरेपनि, विशेषगरि जीम भने छुटाउदैनन्। यसैले, पनि उनले आकर्षक फिगर बनाएकी छिन्।
सायद, यही कारणले पनि हुनसक्छ बेनिशालाई आफ्नो आकर्षक फिगर शो गर्न मन लाग्छ। चलचित्रको पर्दामा केही गम्भिर र फरक भूमिका निर्वाहा गरेकी सुन्दरीको यो तस्वीरले चिसिदै गरेको काठमाण्डौको मौसमलाई नै चुनौती दिएको छ।