बिराटनगर — दस लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका३ का २४ वर्षीय उमाकान्त राय छन्। उनलाई सोमबार प्रहरीले दस लाख रुपैयाँसहित कञ्चनबारीबाट पक्राउ गरेको हो। उनको साथबाट प्राइम र एनसीसी बैंकको चेक बुक बरामद भएको मोरङ प्रहरीले जनाएको छ।
रायले बोकेको झोलाको खानतलासी लिँदा स्रोत नखुलेको रकम फेला परेको हो। पक्राउ परेकालाई मंगलबार आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ।