काठमाडौं — सरकारी वकिलको कार्यालयले महरालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न पाउनुपर्ने माग गरेको छ। अन्य बाँकी प्रक्रिया पूरा गर्नका लागि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् अदालतसमक्ष १३ दिनको म्याद मागेको हो।
जिल्ला न्यायाधीवक्ताको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि म्याद थपबारे बहस भइरहेको छ। महराले दशैँ बिदासहति १० दिन प्रहरी हिरासतमा बिताइसकेका छन्। गत असोज १९ गतेदेखि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान पूरा गरिसकेको जनाएको छ।
सरकारी पक्षले अबको तीन दिनभित्र अनुसन्धान पूरा गर्ने मागसहित जिल्ला अदालतसमक्ष यस्तो माग गरेको हो। संसद सचिवालयकी कर्मचारीमाथि उनकै कोठामा गएर बलात्कार गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिइसकेका छन् भने सांसद पदबाट पनि निलम्वित अवस्थामा छन्।