काठमाडौं– नेपालमा सुपरहिटको व्यापार गरेको चलचित्र ‘ए मेरो हजुर ३’ को ओमान प्रिमियर हुने भएको छ। अक्टुबर १८ मा यो चलचित्रको प्रिमियर हुन लागेको जानकारी निर्देशक झरना थापाले दिएकी छिन्।
केही महिना अगाडि मात्र झरना विश्वका विभिन्न देशमा चलचित्रको प्रदर्शनका लागि पुगेकी थिइन्।ओमानको लुनार सिनेमा, एल क्यूरममा यो चलचित्रको प्रिमियर हुन लागेको हो। चलचित्रको ओमान प्रिमियरमा सहभागी हुन निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा नेपालबाट ओमान पुग्दैछन्।
त्यसगरी, चलचित्रकी नायिका सुहाना थापा पनि अमेरिकाबाट ओमान पुग्ने बताइएको छ। नेपालबाट राम्रै रकम कमाई भएको यो चलचित्रको विश्व बजारबाट पनि राम्रो रकम निर्माताको हातमा परेको छ।
भुवन केसीका सुपत्र अनमोल केसी, झरनाकी सुपुत्री सुहाना थापा अभिनित यो चलचित्रले प्रेम र संगीतको कथा भन्छ ।