एजेन्सी – चीनको दक्षिणी भागमा एक रासायनिक कारखानामा विस्फोट हुँदा चारजनाको मृत्यु भएका छन् भने ६ जना घाईते भएका छन्।
घटना ग्वाङ्शी प्रान्तको युलिनमा भएको हो। पाँच टन विषालु पदार्थ भएको रियाक्टरका कारण विस्फोट भएको बताइएको छ। घटना बिहान सबा ११ बजे भएको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।
विस्फोटका कारण आगो नलागेको स्थानीय अग्निनियन्त्रक निकायले बताएको छ। उसले आठवटा दमकल र ३८ जना अग्निनियन्त्रलाई घटनास्थलमा खटाएको छ। विस्फोटको कारणका बारेमा अनुसन्धान भइरहेको छ।