एजेन्सी– बलिउड सुपरस्टार सलमान खान हरेक बर्ष इदमा नयाँ चलचित्र लिएर दर्शकमाझ आउँने गर्छन्। यसैले, सन् २०२० का लागि पनि उनी चलचित्र ल्याउने तयारीमा छन्। यो बर्ष उनी अभिनित चलचित्र ‘भारत’ इदमा रिलिज भएको थियो। तर, यो चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेन।
सलमानले प्रभुदेवाको निर्देशनमा तयार भएको चलचित्र ‘राधेः दि मस्ट वान्टेड’मा काम गर्दैछन्। सलमान अभिनित चलचित्र ‘दबंग ३’ क्रिसमसमा रिलिज हुँदैछ। चलचित्र
‘राधे’ मा नायिका को हुने भन्ने बिषयमा लामो समयदेखि चर्चा पनि चलिरहेको थियो।
चलचित्रका लागि नायिका फाइनल गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। भारतीय मिडियाका अनुसार, चलचित्रका लागि नायिका दिशा पटानी फाइनल गरिएको छ।
पटानीले सलमानसँग यसैबर्ष रिलिज भएको चलचित्र ‘भारत’मा काम गरेकी थिइन्। तर, यो चलचित्रमा उनी लिड भूमिकामा भने थिइनन्। सलमानसँग दिशाले स्क्रिन शेयर गर्दा पटानीको करिअरका लागि ठूलै फाइदा मिल्ने आशा छ। दर्शकका लागि पनि फेरि एकपटक सलमान र पटानीको जोडी विशेष हुनेछ।