काठमाडौं _ सरकारको केन्द्रिय सचिवालयमा आज मंगलबार छड्के गर्दा २ सय १५ जना कर्मचारी कारवाहीमा परेका छन्।
मंगलबार राष्ट्रिय सर्तकता केन्द्रले गरेको छड्केमा सिंहदबारमा बिदा स्वीकृत नगरी ६६ जना कर्मचारी अनुपस्थित भएका थिए। दसैंको बिदा बिहीबारबाट सकिएको थियो। तर, यहाँ कार्यरत धेरै कर्मचारी भने अहिलेसम्म पनि कार्यालय फर्किएका छैनन्।
सिंहदरबारभित्र रहेका ९ मन्त्रालयको अनुगमन गर्दा अनुपस्थित भएका र समय पालना नगरेका १सय २५ जना कर्मचारी कारवाहीमा परेका छन्। कारवाहीमा पर्ने दुई सहसचिवसमेत रहेको सर्तकता केन्द्रका शाखा अधिकृत नारायण दाहालले जानकारी दिएका छन्।
रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका ४९ जना कर्मचारी कारवाहीमा परेका छन्। अनुपस्थित÷समय पालना नगरेका २९ र विदा स्वीकृत नगराइ अनुपश्चित २० पाइएको छ। जसमा २ उपसचिव, ८ शाखा अधिकृत, १२ जना राजपत्र अंकित तथा ७ जना श्रेणी विहिन कर्मचारी छड्केमा परेका छन्।
त्यस्तै उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका १७ जना कर्मचारी अनुपस्थित÷समय पालना नगरेका भेटिएको छ भने ३ जना बिदा स्वीकृत नगराई अनुपस्थित र १ जनाले तोकिएको पोशाक नलगाएको पाइयो। जसमा शाखा अधिकृत ३, राजपत्र अनकिंत ५ र ९ जना श्रेणी विहिन गरी २१ जना कारवाहीमा परे।
सर्तकता केन्द्रका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका १० जना अनुपस्थितरसमय पालना नगरेको पाइयो। जसमा उपसचिव २, शाखा अधिकृत ३ र राजपत्र अनकिंत ५ जना अनुगमनमा परेका छन्।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका २८ जना छड्केमा परे। अनुपस्थित÷समय पालना नगरेका ६ जना, बिदा स्वीकृत नगराई अनुपस्थित १९ जना, तोकिएको पोशाक नलगाउने ३ जना अनुगमनमा परेका छन्।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा १९ जना अनुगमनमा परेका छन् । अनुपस्थित÷समय पालना नगरेका १६ जना, बिदा स्वीकृत नगराइ अनुपस्थित १ जना, तोकिएको पोशाक नलगाउने २ जना छन्। जसमा उपसचिव १, शाखा अधिकृत ३, राजपत्र अनकिंत ३ र श्रेणी विहिन ९ जना छन्।
शहरी विकास मन्त्रालय ६ जना कारवाहीमा परेका छन्। स्वीकृत नगराइ अनुपस्थित २ र तोकिएको पोशाक नलगाउने ४ जना छन्। वन मन्त्रालयका २१ जना कर्मचारी छड्केमा परे। जसमा अनुपस्थित÷समय पालना नगरेका १९ र स्वीकृत नगराई अनुपस्थित २ जना छन्। वनका सहसचिव १ जना, उपसचिव ३ जना, शाखा अधिकृत ७ जना, रा.प.अनं. ३ र श्रेणीविहीन ५ जना छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १५ जना छडेकेमा परे। अनुपस्थित÷समय पालना नगरेका १०, बिदा स्वीकृत नगराई अनुपस्थित २, तोकिएको पोशाक नलगाउने ३ जना छन्। जसमा सहसचिव १, उपसचिव १, शाखा अधिकृत ३, रा.प.अनं. २, श्रेणीविहीन ३ कारवाहीमा परे।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुपस्थित÷समय पालना नगरेका २९, बिदा स्वीकृत नगराइ अनुपस्थित १७ गरी ४६ जना छड्केमा परेका छन्। जसमा उपसचिव ३, शाखा अधिकृत १४, रा.प.अनं. ५ र श्रेणीविहिन ७ जना छन्।
केन्द्र प्रवक्ता एवं सहसचिव ज्ञानराज सुवेदीले बिहीबार १०.१५ मा सिंहदरबार भित्र रहेको ९ वटा मन्त्रालयको अनुगमन गरेको बताए। उनका अनुसार छड्केमा परेका कर्मचारीलाई केन्द्रले निजामती सेवा ऐन बमोजिम कारवाहीको लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने छ।