काठमाण्डौं – म्यानमार जाने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टर चडेर शीतल निवास देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म पुगेका छन्। उनी बुधबार बिहान शीतल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेका हुन्।यसअघि राष्ट्रपतिको सवारीको बेला सडकमार्ग बन्द हुने गरेकोमा आलोचना समेत हुने गरेकाे िथयाे
कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै उनी हेलिकोप्टरमा चढेर विमानस्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिले शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल गएको यो पहिलोपटक हो।
म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्वमा म्यानमार गएका हुन् । बुधबार म्यानमार पुगेपछि राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुहुनेछ। उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ।
उनले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ साथै बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ।
राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ। जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुनुहुनेछ। म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ।