एजेन्सी– विश्वकप अन्तरगतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा भारत र बंगलादेशले बराबरी खेलेका छन्। हारको नजिक पुगेको भारतले खेलको अन्तिम समयमा गोल गर्दा १–१ को बराबरी भएको हो।
मंगलबार राति भएको खेलमा बंगलादेशले ४१ औं मिनेटमा नै खेलमा अग्रता बनाएको थियो। बंगलादेशका लागि साद उद्धिनले हेडरमार्फत उक्त गोल गरेका थिए। खेलमा राम्रो पडक बनाएको बंगलादेशलाई गोल गर्न भने मुस्किल भएको थियो।
खेलमा दुबै टोलीले केहि राम्रा आक्रमणहरु बुनेता पनि गोल भने सम्भव भएको थिएन। खेलमा फर्कन संघर्ष गरिरहेको भारत लगभग हारको नजिक पुगिसकेको थियो। तर खेल सकिन दुई मिनेट बाँकि हुँदा आदिm खानले गर्दै भारतलाई हारबाट जोगाएका थिए।
बराबरीसँगै भारतले समुहमा ३ खेलबाट २ अंक जोडेको छ। शुरुवाती अग्रता कायम गर्न नसकेको बंगलादेशले भने यस बराबरीसँगै ३ खेलबाट १ अंक जोडेको छ।