एजेन्सी — दक्षिणी मेक्सीकोमा प्रहरी र अज्ञात हतियारधारीबीच गोली हानाहान हुँदा १४ जनाको मृत्यु भएको छ।
मंगलबार मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा भएको सो घटनामा मृत्यु हुने १४ जना नै प्रहरी रहेको बताइएको छ। उनीहरुको परिचय सार्वजनिक गरिएको छैन। यस्तै घटनामा तीनजना घाइते भएको अधिकारीहरुले बताएका छन्।
राज्यको पश्चिमी नगर आउगनियामा केही दिन अघि १४ जना प्रहरी अधिकृतको मृत्यु हुनेगरी भएको आक्रमण भएको थियो। गुरेरो मेक्सिकोमा हिंसात्मक घटनाहरु हुनेमध्येको सबैभन्दा जोखिममा रहेको राज्य हो। यहाँ कम्तीमा पनि २० सशस्त्र समूहहरुले हिंसात्मक आक्रमणमा संलग्न भएको बताइन्छ।