एजेन्सी– बलिउड नायिका करिना कपुरको ठूलो फ्यान हुन् नायिका आलिया भट्ट आलिया र करिनाले एकाध चलचित्रमा एकसाथ काम पनि गरेका छन्। कुनै समय करिना बलिउडकी नम्बर १ नायिका थिइन्। अहिले आलियाले करिनाकै पोजिशन हासिल गरिरहेकी छन्।
‘मामी मुभी मेला’ मा एकसाथ पुगेका आलिया र करिनाले एक अर्काको प्रशंसा गरेर थाकेनन्। छलफलका क्रममा करिनाले आलियालाई केही सुझाव दिएकी छन्। करिनाले आलियालाई भनिन्–‘म आलियालाई मुसा दौडाइमा नलाग्न सुझाव दिन्छु। यसले, उनको प्रतिभा छायामा पार्छ।’
करिनाले अगाडि भनिन्–‘आफ्नो प्रतिभालाई सस्तो तरिकाले कसैले पनि बेच्नु हुदैन, त्यसैले अलियालाई पनि नबेच्न आग्रह गर्दछु।’ करिनाको सुझावलाई आलियाले सकारात्मक रुपमा लिएको बताएकी छन्। यी दुवै जना नायिका फेरि अहिले नयाँ चलचित्र ‘तख्त’मा एकसाथ काम गर्दैछन्।